इटहरी । इटहरीमा मजदुरी काम गर्दै आएका एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् । इटहरी २० तरहराको शिखर टोलस्थित ३० वर्षीय दीपक राईले मंगलबार बिहान झुण्डिएर आत्महत्या गरेका हुन् ।
तरहरा प्रहरी चौकीका अनुसार सोलुखुम्बुको सल्यान गाउँपालिका ४ घर भएका उनी यहाँ कोठाभाडामा बस्दै आएका थिए ।
वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार राई आफ्ना बुवा र सन्तानसँग बस्दै आएका थिए ।
उनले के कारणले आत्महत्या गरे भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ । मृतकको शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।