एजेन्सी । तमिलनाडुको पटका पसलमा भीषण आगो लागेको छ। आगलागीमा परी ५ जनाको मृत्यु भएको भास्कर अनलाइनले जनाएको छ।
उक्त घटनामा परी मृत्यु भएका परिवारजनलाई प्रति परिवार ५ लाख भारतीय रुपैयाँ राहत दिने त्यहाँका मुख्यमन्त्री एमके स्टालिनले घोषणा गरेका छन् । घटनामा परी घाइते भएकाहरुलाई उपचार खर्च स्वरुप एक लाख भारतीय रुपैयाँ दिइने बताइएको छ ।