घट्यो सुनचाँदीको मूल्य

न्युजलय २२ जेठ २०७९, आइतबार ११:५२ मा प्रकाशित

काठमाडौं । आइतबार(आज) सुनचाँदीको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको हो।

आइतबार छापावाल सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, तेजावी सुन ९७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

चाँदीको भाउ पनि आइतबार प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ।