काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएपछि राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले पद त्याग गर्ने घोषणा गरेका छन्।
आफ्नो लक्ष्य उपाधि जित्ने भएको र त्यो पूरा नभएपछि पद त्याग गर्ने उनले बताए।
यसअघि सोमबार दशरथ रंगशालामा भएको छैंटौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिप खेलमा नेपाल बंगलादेशसँग ३(१ गोलले पराजित भएको थियो।
योसमेत गरी नेपाल पाँचौं पटक फाइनलमा पराजित बनेको हो।