काठमाडौं । बिहीबार सेयर बजार १२.८३ अंक घटेको छ । बिहीबार नेप्से २६२०.९२ बिन्दुमा झरेर रोकिएको छ । यो ०.४८ प्रतिशतको गिरावट हो ।
अन्य उपसूचक बाहेक बिहीबार सबै उपसूचक ओरालो लागे । सबैभन्दा धेरै व्यापार उपसूचकका लगानीकर्ताले १.०९ प्रतिशतले गुमाए ।
बिहीबार कुल ३ सय ३६ धितोपत्रको ६४ हजार ४ सय ७ कारोबारबाट १ करोड १ लाख ५३ हजार २ सय २६ कित्ता सेयर किनबेच भयो ।