झापा । झापा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ ।
झापा जिल्ला कारागारका अनुसार भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
लिम्बू उच्च रक्तचापका बिरामी रहेको बताइएको छ ।