१८ हजार विदेशीलाई देश निकाला गर्ने पोर्चुगल सरकारको तयारी

न्युजलय २२ बैशाख २०८२, सोमबार ११:२७ मा प्रकाशित

काठमाडौं । पोर्चुगल सरकारले १८ हजार विदेशी नागरिकलाई देश निकाला गर्ने तयारी गरिरहेको छ ।

अधिकारीहरुका अनुसार अनियमित तरिकाले बसोबास गरिरहेका विदेशी नागरिकलाई पोर्चुगलले उनीहरुकै देश फर्काउन लागेको हो ।

पोर्चुगलमा १८ मे मा मध्यावधि निर्वाचनका लागि मतदान हुँदैछ । चुनावी अभियानको क्रममा पोर्चुगलका एक मन्त्रीले सरकारले करिब १८ हजार विदेशी नागरिकलाई देश छोड्न आदेश दिने बताएको समाचार एजेन्सी एपीले जनाएको छ । 

यो कारबाही आगामी हप्तादेखि सुरु गर्ने तयारी छ ।