प्रदेश १ लोक सेवाले माग्यो ६ सय बढी कर्मचारी

न्युजलय २६ मङ्सिर २०७९, सोमबार ०७:२० मा प्रकाशित

इटहरी । प्रदेश १ लोक सेवा आयोगले स्थानीय सरकारी सेवाअन्तर्गत प्राविधिकतर्फ, स्वास्थ्य सेवा, विभिन्न समूहका सहायक स्तर पाँचौं तह र चौथो तहमा कर्मचारी माग गर्दै आवेदन खुला गरेको छ।


हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब, अनमी र ल्याब असिस्टेन्ट माग गर्दै आयोगले आज विज्ञापन खुला गरेको छ।


आयोगले कूल ६१५ जना स्वास्थ्य क्षेत्रका कर्मचारी माग गरेको छ। जसमा खुला र समावेशीबाट पदपुर्ति गरिने तयारी छ।