लेटाङलाई हराउँदै तालतलैयाले जित्यो दोस्रो अल्टिट्यूड रनिङ कपको उपाधि

न्युजलय २० फाल्गुण २०८१, मङ्गलबार ०९:०८ मा प्रकाशित

इटहरी । दोस्रो अल्टिच्यूड रनिङ कप २०८१ को उपाधि इटहरीको तालतलैया फूटबल क्लबले जितेको छ । लेटाङ फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।


रामधुनी नगरपालिका ७ स्थित पञ्चायन खेल मैदानमा अल्टिट्यूड क्लबको आयोजनामा भएको खेलको फाइनल मा विजय उराउको २ गोलको मदतले तालतलैयाले उपाधि हात पारेको हो । उनले खेलको पाँचौ र ८८ औँ मिनेटमा गोल गरेका थिए । लेटाङको लागि खेलको ६३ औं मिनेटमा किरण शंकरले गोल गरेका थिए । 


विजेता टोली तालतलैयाले नगद दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ पाएको छ भने उपविजेता लेटाङले एक लाख ११ हजार एक सय ११ रुपैयाँ पाएको छ ।


प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तालतलैयाका सविन घिमिरे, उत्कृष्ट गोल रक्षक नीरज चौधरी, सर्वाधिक गोलकर्ता विजय उराउ, उत्कृष्ट फरवार्ड सिजल राइ, उत्कृष्ट मिडफिल्डर निवस फुयाल घोषित भए । बेस्ट डिफेन्डर भने लेटाङका राजु मगर बने ।


खेलको म्यान अफ दि म्याच लेटाङका खमीर गिल्सन घोषित भए । प्रतियोगितामा उदयीमान खेलाडी आयोजक अल्टिट्यूड क्लबका अनिष राजधामी घोषित भए ।