घट्यो सुनचाँदीको मूल्य

न्युजलय ७ भदौ २०७९, मङ्गलबार ०५:५९ मा प्रकाशित

  काठमाडौं । मंगलबार(आज) सुनचाँदीको मूल्य घटेको छ ।

सोमबार प्रतितोला ९५ हजार ३ सय रुपियाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ३ सयले घटेर ९५ हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजावी सुन प्रतितोला ९४ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर १ हजार १ सय ६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।