इटहरी । इटहरीको वस्तीमा हात्ती पस्न नदिन उपमहानगरपालिकाले पर्खाल लगाउन थालेको छ ।
इटहरीमा दिनहुँ हात्ती आतंक बढेपछि उपमहानगरले ६ फिट अग्लो पर्खाल बनाउन लागेको हो ।
गत मंसिर १३ गते इटहरी-२ का रबिन खड्काको हात्ती आक्रमणबाट ज्यान गएको थियो । यस्तै जंगली हात्तीको समुहले स्थानीयको घर भत्काउनुका साथै बालीनाली तथा अन्नमा समेत क्षती पुर्याउने गरेको छ । थप २ जना हात्तिको आक्रमणबाट घाईते समेत भएका छन् ।
अहिले इटहरीमा मात्र नभई कोशी प्रदेशका झापा,मोरङ र सुनसरीमा हात्ती आतंक छ । प्रदेश भरमा ५ जना भन्दा बढिले ज्यान गुमाईसकेका छन् ।
इटहरीका मेयर हेमकर्ण पौडेलले नागरिकलाई तत्काल हात्तीको आक्रमणबाट जोगाउन साईरन जडान, लाईट व्यवस्थापन गरिएको जानकारी दिए । उनका अनुसार बढी हात्ती प्रभावित २ नं वडा पुर्व ६ फिट अग्लो पर्खाल बनाउने कार्य सुरु गरिएको छ ।