नेपाल क्रिकेट संघको महाप्रबन्धकमा वृतान्त खनाल नियुक्त

न्युजलय २९ चैत २०७८, मङ्गलबार ०१:१५ मा प्रकाशित

काठमडौं । नेपाल क्रिकेट संघले जनरल म्यानेजर (महाप्रबन्धक) पाएको छ । रौनक मल्लको कार्यकाल सकिएपछि रिक्त पदमा वृतान्त खनाल नियुक्त भएका हुन् ।


नयाँ महाप्रबन्धक छनोटका लागि ३४ जनाले आवेदन दिएका थिए । यीमध्येबाट ९ जनाको नाम सर्टलिस्टिङ गरिएकोमा खनालले जितेका हुन् ।


नवनियुक्त महाप्रबन्धक खनालले आगामी वैशाख ३ गतेदेखि कार्यभार सम्हाल्ने छन् ।