मेची अस्पतालमा सुरु भयो सिटी स्क्यान सेवा

न्युजलय २३ असोज २०७८, शनिवार ०४:३४ मा प्रकाशित

झापा । मेची प्रादेशिक अस्पतालमा शनिबारदेखि सिटी स्क्यान सेवा सुरु भएको छ । यसअघि बिरामीले सिटी स्क्यान गराउन महंगो शूल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्ने बाध्यता थियो ।

शनिबार प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले एक कार्यक्रमकाबीच सिटी स्क्यान सेवा र अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन् ।

प्रदेश १ सरकारको गत आर्थिक वर्षमा मेची अस्पताललाई छुट्याएको ५ करोड १४ लाख ५७ हजार रुपैयाँ बजेटबाट सिटी स्क्यान र एक करोड बजेटमा अक्सिजन प्लान्ट जडान गरिएको हो । प्लान्टले दैनिक ३५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता राख्छ ।