बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या सय नाघ्यो, ४१ जना बेपत्ता

न्युजलय ५ कार्तिक २०७८, शुक्रबार १२:४४ मा प्रकाशित

काठमाडौं । गत आइतबारदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या १ सय १ पुगेको छ ।


प्रदेश १ मा ६०, बागमती प्रदेशमा १, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३१ जनाको मृत्यु भएको हो ।


यस्तै प्रदेश १ मा १९, कर्णालीमा ४ र सुदूरपश्चिममा १७ गरी ४० जना घाइते भएका छन् ।


बाढी पहिरोमा ४३ बेपत्ता छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ । बाढीले २ हजार २ सय ३२ घर डुबानमा परेका छन् । प्रभावित क्षेत्रमा उद्दार जारी रहेको प्रहरीले जनाएको छ ।