आज ४ कार्तिक २०८२ मंगलवारको राशिफल

न्युजलय ५ कार्तिक २०८२, मङ्गलबार १२:०२ मा प्रकाशित

मेष । नोकरी वा पेशामा अधिकारी वर्गहरूको सहयोग मिल्नाले मनोबल बढ्नेछ। घरपरिवारको आपसी मतभेद सुल्झिनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। जीवन साथीको स्वास्थ्यमा सुधार आउनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

वृष । आर्थिक कारोबारको मामलाहरूमा सावधानी अपनाउनुहोला। सामाजिक गतिविधिलाई लिएर जानकारी हुनेछ। यात्रा गर्दा अनजान व्यक्तिहरूसँग सचेत रहनुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

मिथुन । व्यापार विस्तारलाई लिएर योजनाहरू बन्नेछन्। नयाँ कार्यप्रति सजगता अपनाउनुहोस्। कार्यक्षेत्रमा व्यस्तताले घरपरिवार तर्फ ध्यान कम जाला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक १ रहेको छ।

कर्कट । सामाजिक कार्यमा भागीदारी बढ्नेछ। विरोधीहरूले हानि पुर्‍याउने प्रयास गर्नेछन्। मित्रको सहयोगले अड्किएको कार्य पूरा हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

सिंह । धार्मिकमा सांस्कृतिक क्रियाकलापमा आर्थिक योगदान बढ्नेछ। आत्मबलमा वृद्धि हुनेछ। धैर्य र पराक्रमले आँटेको कार्यसम्पादन गर्न सक्नुहुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

कन्या । घरेलु जिम्मेवारी साथै आफ्नो स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। अध्ययनको क्षेत्रमा एकाग्रता राख्नुहोस्। लेन देनमा सावधानी अपनाउनुहोस्। आतिथ्यपूर्ण सत्कारले मन प्रसन्न रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

तुला । मान सम्मानमा वृद्धि हुनेछ। आफ्नो कार्यकुशलताले अरुलाई प्रभावित पार्न सकिनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। चिताएका कार्य पूरा हुनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

वृश्चिक । घर परिवारमा आफन्तहरूको आगमनले मन हर्षित रहनेछ। पुरानो रोगले सताउला। आर्थिक पक्ष कमजोर रहन सक्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

धनु । अध्ययन द्वारा उचित मार्गदर्शन मिल्नेछ। सुख सुविधामा धन खर्च हुनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मकर । साझेदारी व्यापारमा आपसी समझदारीमा कमी आउनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस। अशक्तहरूलाई सहयोग गरेर मन प्रसन्न रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ । नयाँ योजनाहरुमा आकस्मिक बदलाव गर्नुपर्ला। परिवारमा मांगलिक कार्य सम्पन्न हुनेछ। कानुनी मुद्दा मामलामा पक्ष मजबुत रहनेछ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

मीन । लोक कल्याणको कार्यमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा प्रतिद्वन्दीहरूबाट आलोचना पाइनेछ। नयाँ लगानी लगाउनको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

स्रोत हाम्रोपात्रो