काठमाडौं । बुधबार(आज) सुनचाँदीको मूल्य बढेको छ। केही दिन यता स्थिर रहेको सुनचाँदीको मूल्य आज प्रतितोला दुई सय रूपैयाँले बढेको हो।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९८ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबारदेखि मंगलबारसम्म सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भएको थियो।
आज चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।