लागूपदार्थ र नगदसहित मोरङबाट चार जना पक्राउ

न्युजलय २ चैत २०८०, शुक्रबार ०२:५२ मा प्रकाशित

विराटनगर। मोरङको सुन्दर हरैँचा नगरपालिका–३ की ३० वर्षीया सुनिता राईलाई खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको छ। 

उनको घरबाट १० ग्राम खैरो हिरोइन, साढे ३ किलो गाँजा र करिब ५ लाख ३८ हजार रुपैयाँ, मोबाइल, ढक तराजु बरामद गरिएको प्रहरीले जनाएको छ।

यसैगरी सुन्दरहरैँचा–३ गछियाका २३ वर्षीय प्रज्वल सुवेदी र २० वर्षीय आशीष ठाकुरलाई विभिन्न नामका लागूऔषधिसहित प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथबाट फेरागन, डाइजेपाम, एभिल, लुपिजेसिक लगायत विभिन्न लागूऔषधि बरामद भएको प्रहरीले जनाएको छ।

यसैगरी २४ वर्षीय संगम आचार्यलाई पनि प्रहरीले विभिन्न नामका लागूऔषधिसहित पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई अदालतमा उपस्थित गराएर म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।