केपी ओलीको रचनामा ‘म जन्मिए नेपालमा’ गीत सार्वजनिक (भिडियोसहित)

न्युजलय १५ फाल्गुण २०७८, आइतबार ०१:५६ मा प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रचना तथा गायक मदन गोपालको स्वरमा ‘म जन्मिए नेपालमा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।


म्युजिक भिडियो युट्युव च्यानल ‘बिजी म्युजिक’मार्फत् सार्वजनिक गरिएको हो ।

 

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको देशभक्तिपूर्ण शब्द रहेको गीतको संगीत गायक मदन गोपालले नै गरेका हुन् भने स्वरमा आरके श्रेष्ठले साथ दिएका छन् ।


त्यस्तै, समूह गायनमा मौना थापा र मिना पाण्डे रहेका छन् भने सुशान्त गजुरेलले साउण्ड एरेन्ज गरेका छन् ।


श्याम खड्काको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन जावेद खानले गरेका हुन् भने दृश्य सम्पादन प्रशिश र रिभेन्जले गरेका हुन् ।