भोजपुरमा ७ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

न्युजलय २४ बैशाख २०८१, सोमबार १२:१० मा प्रकाशित

भोजपुर  । भोजपुरमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

भोजपुरको षडानन्द नगरपालिका–१ खोवाचा बस्ने ३० वर्षीय अमृत मंग्रातीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

मंग्रातीले ती बालिकालाई वैशाख ११ गते ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुदाकाउलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।