सुरुङबाट २ जनाको जीवितै उद्धार

न्युजलय १९ भदौ २०८३, शुक्रबार १२:२५ मा प्रकाशित

काठमाडौँ । गत १० भदौमा भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनालाई आज बिहान जीवितै उद्धार गरिएको छ । 

नेपाली सेना, सशस्त्र प्रहरी र विदेशी उद्धारकर्ता टोलीले उनीहरुलाई उद्धार गरेका हुन् ।

यसरी जीवित उद्धार गरिएकाहरूमा सप्तरीका सञ्जय शाह र काठमाडौंका कविर महर्जन छन् ।  

काठमाडौं कीर्तिपुरका महर्जन कुलेखानी जलविद्युत् आयोजनाबाट माथिल्लो त्रिशूली ३ ‘ए’ को नियमित मर्मतसम्भारका लागि पुगेका थिए । उनी हाइड्रो पावर अटोमेसन प्रोजेक्टअन्तर्गत मेकानिकल सुपरभाइजरमा कार्यरत छन् ।