चाबहिलमा एक पुरुषले आफ्नै शरीरमा आगो लगाए, निभाउने क्रममा ३ छोरी र श्रीमती घाइते

न्युजलय २३ जेठ २०८१, बुधबार ०७:३४ मा प्रकाशित

काठमाडौं । काठमाडौंको चाबहिलमा एक जनाले आफ्नै शरीरमा आगो लगाएका छन् ।

घरायसी विषयमा श्रीमतीसँग विवाद हुँदा उनले मंगलबार राति आफ्नै शरीरमा आगो लगाएका हुन् ।

उनले आफ्नो शरीरमा आगो लगाएपछि निभाउने क्रममा परिवारका अन्य ४ जना घाइते भएका छन् ।​​

श्रीमान्‌ले शरीरमा आगो लगाएपछि निभाउने क्रममा उनकी  श्रीमती र तीन जना छोरी घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । घाइते मध्ये छोरीहरूको अवस्था गम्भीर छ ।

उनीहरूको कीर्तिपुरस्थित वर्ण अस्पतालमा उपचार भइरहेको बताइएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।