काठमाडौं । सोमबार नेप्से परिसूचक स्थिर रहेको छ। नेप्से २६८४.३३ विन्दुमा बन्द भएको छ।
नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
शुक्रबार ३ अर्ब ७५ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आज उक्त रकम बढेर ४ अर्ब ५७ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३४९ वटा धितोपत्रको एक करोड १४ लाख ४९ हजार ९८७ कित्ता सेयर किनबेच भएको हो।