काठमाडौं । निजामती कर्मचारीले ९ प्रकारका विदा पाउने भएका छन् । प्रस्तावित संघीय निजामती सेवा सम्बन्धी ऐन, २०८३ मा कर्मचारीले ९ प्रकारका विदा पाउने उल्लेख छ ।
जसमध्ये महिला कर्मचारीले महिनावारी अर्थात् रजस्वला विदा पनि पाउने उल्लेख छ । रजस्वला विदा कति दिन दिने भन्ने विषय भने प्रस्तावमा खुलाइएको छैन । यसबारेमा नियमावलीमा स्पष्ट हुनेछ ।
यी हुन् विदाका ९ प्रकार
१. भैपरी विदा,
२. घर विदा,
३. बिरामी विदा,
४. मातृत्व तथा प्रसूति विदा,
५. प्रसूति स्याहार विदा,
६. महिनावारीररजस्वला विदा,
७. मृत्यु संस्कार विदा,
८. अध्ययन विदा,
९. असाधारण विदा ।