काठमाण्डौ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने तयारी गरेकी छन् ।
प्रदेशसभामा बहुमत नजुट्ने प्रस्ट भइसकेको अवस्थामा मुख्यमन्त्री शाक्यले राजीनामाको तयारी गरेको जनाइएको छ ।
मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि प्रदेशसभाको अघिल्लो बैठकमा छलफल भएको थियो । बुधबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले छलफलमा उठेका प्रश्नका जवाफ दिने कार्यसूची छ ।
प्रदेशसभामा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा छ ।