देशभर आज थप १० जनामा कोरोना पुष्टि

न्युजलय २५ कार्तिक २०७९, शुक्रबार ०६:०६ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


देशभर गरिएको ७ सय ३१ पिसिआर परीक्षणका क्रममा ९ जना र ६ सय ८ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २६ संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । 


हाल नेपालमा ५ सय ४६ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।