लालबहादुर विकको परिवार भन्छ, ‘गरिबले न्याय पाउँदैन रहेछ’ (भिडियो)

अर्जुन राई अपहेलित ४ साउन २०८०, बिहिबार ०४:४५ मा प्रकाशित

इटहरी । ठगी मुद्धामा झण्डै पाँच करोड बिगोसहित कैदको फैसला सुनाइएका लालबहादुर विकको आमाबुवा र श्रीमतीको आँखामा आँशु ओभाएको छैन । सुन पसलमा मजदुरी गरेर महिनाको २० हजार रुपैया तलबले घरखर्च चलाउने विकलाई जिल्ला अदालतले दोषी ठहर गरेसँगै यो परिवारमा सन्नाटा र आँशुमात्र छ ।


गर्दै नगरेको अपराधका लागि सजाय सुनाइएपछि लालबहादुरको न्यायका लागि पहल गरिदिन परिवारले सबैसँग अपिल गरेको छ । साहुले हस्ताक्षर गर्न लगाएको कागजमा हस्ताक्षर गरेकै भरमा ठगी मुद्धामा उनलाई जिल्ला अदालत सुनसरीले दोषी ठहर गरेको थियो । अहिले उनले न्यायका लागि उच्च अदालत विराटनगरमा पुनरावेदन दिएका छन् । पेशी सरेको सर्यै छ । न्यायालयले उनको मुद्धालाई उति चासो दिएको पाइएको छैन ।


विक निर्दोष रहेको, उनलाई सजाय दिने फैसला त्रुटीपूर्ण रहेको भन्दै सुनसरीको इटहरीका साथै काठमाडौमा समेत युवाहरु सडकमा उत्रिएका छन् । उच्च अदालतले पनि न्याय नदिए आर्थिक र मानसिक तनाव खेप्न नसक्ने अवस्थामा परिवार पुगेको छ । पैसा ठगेको आरोप लागेपछि आफूहरुको सम्पत्ती छानविनका लागि परिवारले मागसमेत गरेको छ । करोडौं रकम जीवनभरी पनि तिर्न नसक्ने उनीहरुको भनाई छ । न्युजलयका लागि अर्जुन राईले उनको परिवारसँग कुरा गरेका छन् । सुनौं लालबहादुर विकको परिवारको आवाज र सहयोग गरौं ।

यसरी फँसे लालबहादुर, उच्च अदालतबाट न्याय पाउने आश