काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो। चाँदीको मूल्यमा केही वृद्धि भएको छ।
महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १० हजार ९०० रुपैयाँ कायम भएको छ।
सुनको मूल्य घट्दा चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। सोमबार चाँदी प्रतितोला १० रुपैयाँले बढेर पाँच हजार ३५५ रुपैयाँ पुगेको छ।