सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न

न्युजलय १६ पुस २०८१, मङ्गलबार ०१:३३ मा प्रकाशित

इटहरी । सुनसरीको गढी गाउँपालिका –१ मा संचालिन श्री सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष संजयकुमार चौधरीले गरेका थिए भने प्रमुख अतिथि गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरी रहेका थिए ।

कार्यक्रममा संस्थाले जेष्ठ बचतकर्ता महिला तथा पुरुष, फरक क्षमता भएका बचतकर्ता, उत्कृष्ट बचतकर्ता र ऋणी सदस्यहरूलाई प्रमाणपत्र र सम्मान स्वरूप उपहार प्रदान गरेको थियो।

सहयोगी बचत तथा ऋण सहकारी संस्था २०६४ सालमा स्थापना भएको हो। हालसम्म संस्थामा १ हजार ५ सय ६० शेयर सदस्य छन् । संस्थाको कुल शेयर पूँजी २७ लाख ६७ हजार ५ सय रहेको छ भने आर्थिक वर्ष २०८०÷८१ मा संस्थाले १० लाख ४६ हजार ९ सय ४६ खुद नाफा आर्जन गर्न सफल भएको छ । 

सहकारीले आफ्नै भवन निर्माणको योजनालाई प्राथमिकतामा राख्दै आगामी दिनमा अझ प्रभावकारी सेवा दिन प्रतिबद्ध रहेको छ ।