भियतानमसँग लज्जास्पद हार

न्युजलय २२ असोज २०७९, शनिवार १२:४९ मा प्रकाशित

काठमाडौं । यू १७ को एसिया कप छनोटमा लगातार दोस्रो हार बेहोरेपछि छनोट चरणबाटै नेपाल बाहिरिएको छ। भियतनाममा जारी छनोटमा नेपालले भियतनामसँग ५–० को लज्जास्पद हार बेहोरेपछि बाहिरिएको हो।

नेपालविरुद्ध भियतनामका कोङ फुओङ, होआङ सन, लोङ भू, हिन्ह थुओङ र भान दान्हसले समान १–१ गोल गरेका थिए। नेपालविरुद्ध पहिलो हाफमै चार गोल गरेका थियो। ‘हामीले दोस्रो हाफमा हतार नगरि शान्त भएर साधारण फुटबल खेल्यौँ। मैले खेलाडी पनि परिवर्तन गरेँ  र अन्तिम खेलका लागि आराम पनि दिएँ,’ नेपाललाई हराएपछि भियतनामी प्रशिक्षक एनगुएन क्वोएक तुआनले भने।

नेपालविरुद्ध खेल समभरी नै भियतनामले बलमा पकड बनाएको थियो। नेपाली खेलाडी कमजोर देखिएका थिए। भियतनामी प्रशिक्षकले नेपाली टिम आफूले सोचेभन्दा पनि कमजोर भएको बताएका छन्। 

यो छनोट सुरु हुनुभन्दा अघि सबै टिम बराबरीको अवस्थामा थिए। तर नेपाली टिम धेरै कमजोर देखियो। उसले, पहिलो खेलमा थाइल्यान्डसँग ३–० को हार बेहोरेको थियो।