प्रेस युनियनको अध्यक्षमा अनिता विन्दुको उम्मेदवारी

न्युजलय २२ असार २०७९, बुधबार ०७:५० मा प्रकाशित

पोखरा । नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियनको अध्यक्ष पदमा अनिता विन्दुले उम्मेदवारी घोषणा गरेकी छन् । आसन्न साउनमा हुने नौँ राष्ट्रिय महाधिवेशनको अध्यक्ष पदमा विन्दुले उम्मेदवारी घोषणा गरेकी हुन् ।


आज (बुधबार) गण्डकी प्रदेश पोखरामा नेपाल प्रेस युनियनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा युनियनकी पूर्व उपाध्यक्ष अनिता विन्दुले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।


विन्दुले उम्मेदवारी घोषणा गर्दै भनिन्, ‘लोकतन्त्रको मूल्य मान्यताबाट बिचलित हुन नदिन, सरोकारवाला निकायहरुलाई सही मार्गमा डोहोर्याउन र खबरदारी गर्नसक्ने हैसियतको संस्था प्रेस युनियनलाई अझ सशक्त र सुदृढ बनाउन मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेकी हुँ ।’

 

आसन्न साउन ६ र ७ गते हेटौडामा नेपाल प्रेस युनियनको महाधिवेशन हुने भएको छ ।