नेपालद्वारा पपुवा न्युगिनी ९ विकेटले पराजित

न्युजलय २९ फाल्गुण २०७९, सोमबार ०६:४८ मा प्रकाशित

काठमाडौँ । क्रिकेट विश्वकप लिग–२ नेपालले पपुवा न्युगिनीलाई ९ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरमा सोमबार भएको खेलमा पपुवा न्युगिनीले दिएको ९६ रनको लक्ष्य ७.४ ओभरमा पूरा गर्दै नेपालले जित निकालेको हो ।

ओपनिङमा गएका आशिफ शेखको अर्धशतकमा नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको हो । शेखले २१ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाएका हुन् । त्यस्तै उनीसँगै ओपनिङमा गएका कुशल भुर्तेल १४ बलमा ३३ रन बनाई बाहिरिएका थिए । त्यस्तै कुशल मल्ल १३ बलमा १२ रनसहित अविजित रहे ।

खेलमा प्लेयर अफ द म्याच सन्दीप लामिछाने भएका छन् । लामिछानेले १० ओभरमा २५ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए भने ललित राजवंशी र कुशल मल्लले २र२ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट लिए ।

त्यस्तै पपुवा न्युगिनीका तर्फबाट असद भालाले सर्वाधिक २० रन बनाए । 

आइतबार भएको यूएईसँगको खेलमा नेपालले १७७ रनको फराकिलो जित हात पारेको थियो । उक्त जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम गरेको छ ।

गत बिहीबार नेपालले पपुवा न्यु गिनीलाई ५२ रनले पराजित गरेको थियो । नेपालले बिहीबार यूएईसँग खेल्दै छ ।