सुनको मूल्य बढ्यो

न्युजलय १५ असार २०७९, बुधबार ११:३९ मा प्रकाशित

काठमाण्डौ । सुनको भाउ बुधबार(आज) १०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँ तोकिएको छ । त्यस्तै आज चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । बुधबार चाँदीको भाउ प्रतितोला एक हजार २४० रुपैयाँ कायम छ ।