सुनसरी । चर्च ब्याइज युनाईटेडलाई पराजित गर्दै धरान फुटबल क्लब १५ औँ संस्करणको इटहरी गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।
धरानले चर्च व्वाइजलाई २– १ को गोल अन्तरले पराजित गरेको हो । धरानका लागि खेलको ४६ औँ मिनेटमा दोर्जे तामाङ्ग र दोस्रो हाफको १२ औँ मिनेटमा विवेक राईले गोल गरेका थिए । दोस्रो हाफको अन्तिम समयमा चर्च ब्वाईजका अनन्त तामाङ्गले गोल गरेपनि धरानलाई रोक्न पर्याप्त भएन ।
बुधबारको पहिलो सेमिफाइन खेल युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) र मछिन्द्र फुलबल क्लब काठमाण्डौ बीच हुने आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ ।