जापानमा बाल आत्महत्या दरमा वृद्धि

न्युजलय १० कार्तिक २०७८, बुधबार ०७:२५ मा प्रकाशित

एजेन्सी । जापानमा बाल आत्महत्या दर निकै बढेको शिक्षा मन्त्रालयले जनाएको छ । गत वर्ष कोभिड १९ महामारीका कारण विद्यालयहरू धमाधम बन्द हुन थालेपछि प्राथमिकदेखि उच्च माध्यमिकस्तरका ४ सय १५ जना बालबालिकाले आत्महत्या गरेको शिक्षा मन्त्रालयको सर्वेक्षणले जनाएको छ ।

पछिल्लो वर्षको तुलनामा यो संख्या झण्डै १ सयले बढी हो । जापानमा आत्महत्याको लामै इतिहास रहेको छ । अपमान वा बेइज्जतीबाट जोगिन वा खप्न नसक्ने कारण अधिकांश जापानीले आत्महत्या गर्ने गरेका छन् ।

प्रायशः वयस्क उमेरका तिनीहरूले परम्परागत आत्महत्या शैली ‘हाराकिरी’ लाई अपनाउने गरेका छन् । जसअनुसार तिनीहरू आफ्ना शरीरमा तरवार प्रहार गर्दछन् ।