साफ यू–२० च्याम्पियनसिप : बंगालदेशसँग बराबरीमै रोकियो नेपाल

न्युजलय १८ साउन २०७९, बुधबार ०१:१४ मा प्रकाशित

काठमाडौं । साफ यू–२० फुटबल च्याम्पियनसिपअन्तर्गत तनावपूर्ण खेलमा नेपाल बंगालदेशसँग बरारबरीमै रोकिएको छ । फाइनल प्रवेशका लागि निकै महत्वपूर्ण मानिएको खेलमा नेपाल १–१ को बराबरीमै रोकिएको हो । 


प्रतिस्पर्धात्मक खेलमा नेपालले ५३औँ मिनेटमा गोल खाएको थियो । डिफेन्स लाइनअपमा अलमल हुँदा प्राप्त अवसरलाई बंगलादेशी खेलाडीले सदुपयोग गर्दै बललाई जाली चुमाए । नेपालले ६८औँ मिनेटमा गोल फर्कायो । नेपालका लागि निरञ्जन मल्लले गोल फर्काए । तर, त्यसपछि गोल हुन सकेन ।  


दोस्रो हाफ सुरु भएको एक मिनेटमै खेल तनावपूर्ण बनेको थियो । बंगलादेशी खेलाडीले नेपाली खेलाडीलाई खतरनाक ट्याकल गरेपछि रेफ्रीले फाउल दिएका थिए । तर, बंगलादेशी खेलाडीले प्रतिवाद गरे । त्यतिकैमा नेपाली खेलाडीलाई बंगलादेशी खेलाडीले धक्का दिएपछि दुवैतर्फका खेलाडी आक्रोशित हुँदै हात हालाहालको अवस्थामा पुगे । 


स्थितिलाई सान्त बनाउन रेफ्रीहरुलाई हम्मेहम्मे परेको थियो । त्यसक्रममा नेपाल र बंगलादेशका एक–एक खेलाडीले रातोकार्ड पाए । नेपाली मिडफिल्डर दिपेश गुरुङ र नेपाली खेलाडीलाई मुक्का हानेका बंगलादेशी ८ नम्बर जर्सीका खेलाडी साहिदुल इस्लामले रातो कार्ड पाउँदै बाहिरिनुपर्यो । 

बेञ्चमा रहे पनि तनावका बेला मैदान प्रवेश गरेका नेपालका २० नम्बर जर्सीका अर्का एक खेलाडीले पनि रातो कार्ड पाए