काठमाडौं । पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले विवाह गरेकी छन्। मंगलबार राजधानीको एक पार्टी प्यालेसमा नेवारी परम्परा अनुसार प्रेमी राहुल मोक्तानसँग सदीक्षाले विवाह गरेकी हुन्।
विवाह समारोहमा दुवैका नजिकका आफन्त तथा साथीभाइको सहभागिता रहेको थियो। राहुल र सदीक्षा एक वर्षभन्दा लामो समयदेखि प्रेम सम्बन्धमा थिए।
सदीक्षा सन् २०१० कि मिस नेपाल हुन् भने भने राहुल जिम व्यवसायी हुन्।