इटहरी । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ मूल नारासहित प्रथम जनता ओलम्पिक्स–२०७९ सुरु भएको छ ।
कार्यक्रम संचालक खिलानथ गौतम र विद्यालय व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगालको अध्यक्षतामा आज जिल्ला स्तरीय अन्तर मावि छात्रा भलिबल प्रतियोगितामार्फत प्रथम जनता ओलम्पिक्स–२०७९ को उद्घाटन भएको हो । उद्घाटन खेलमा जनसहयोग मावि इटहरी–२० र सरस्वती मावि इटहरी–३ बीच प्रतिस्पर्धा भएको छ ।
इटहरी उपमहानगरपालिकाकी उपमेयर संगीत कुमारी चौधरीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विशिष्ट अतिथि वडा ६ का अध्यक्ष दिवस पोखरेल र वडा ९ का अध्यक्ष जितेन्द्र थापा रहेका थिए ।
कार्यक्रममा छात्रा अन्तर मावि जिल्ला भलिबल संयोजक पुरुषोत्तम खतिवडा, हेड सर पशुपति सिग्देल, जनसहयोग मावि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रुद्र बस्नेत तथा प्रधानाध्यापक जनक बस्नेत, सरस्वती माविका प्रधानाध्यापक लेखनाथ भट्टराईको उपस्थिति रहेको प्रथम जनता ओलम्पिक्स–२०७९ का संयोजक शिबराज दाहालले जानकारी दिए ।