काठमाडौं । रसुवा लाङटाङ खोला जलविद्युत् आयोजना सुरुङबाट दुई जनाको शव निकालिएको छ ।
खोजी तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले २ जनाको शव निकालेको हो ।
आयोजनाका प्रबन्धक विजयमान भट्टराईका अनुसार खोज तथा उद्धारको खटिएको टोलीले सुरुङभित्रबाट २ वटा शव निकालेको हो ।
२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा खटिएका ४१ जना सम्पर्कविहीन छन् । आज नेपाली सेना, सशस्त्र प्रहरी र आयोजनाको प्राविधिक टोलीले खोज तथा उद्धारको काम गरिरहेको उनको भनाइ छ ।