झापा । झापामा दुवै दाह्रा काटिएको अवस्थामा जङ्गली हात्ती मृत फेला परेको छ ।
मेचीनगर नगरपालिका–१२ स्थित कालीका सामुदायिक वनभित्र मङ्गलवार हात्ती मृत भेटिएको जानकारी प्राप्त भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
हात्ती मृत भेटिएको स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।