एजेन्सी । फिलिपिन्समा आएको आँधीका कारण गएको बाढी र पहिरोमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् ।
आँधीका कारण लुजोन टापुका कम्तीमा तीन क्षेत्रका एक हजार ६ सयभन्दा बढी मानिस विस्थापित भएका छन् ।
पश्चिमबाट उत्तर पश्चिमतिर चलिरहेको उक्त आँधीको गति २० किलोमिटर प्रतिघन्टा रहेको स्थानीय प्रशासनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।