काठमाण्डौ । बलिउड अभिनेता नितिश भारद्वजले आफ्नो वैवाहिक सम्बन्ध टुंग्याउने भएका छन् ।
भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार अभिनेता नितिशले १२ वर्षदेखिको आफ्नो वैवाहिक सम्बन्ध टुंग्याउने भएका हुन्।
उनलाई बिआर चोपडाको ‘महाभारत’ श्रृंखलामा कृष्णको भूमिकाका लागि अहिलेसम्म चिनिन्छ।
नितिशले बम्बई टाइम्ससँगको अन्तर्वार्तामा पत्नी स्मिता गेटसँग सम्बन्ध विच्छेदको जानकारी दिएका हुन्।
उनले बम्बई उच्च अदालतमा डिभोर्सका लागि आवेदन दिएका छन्। नितिश र स्मिताका जुम्ल्याहा छोरीहरू छन्।
नितिश र स्मिताको सन् २००९ मा बिहे भएको थियो। १२ वर्ष लामो सम्बन्ध उनीहरूले किन टुंग्याए भन्नेबारे जानकारी छैन।
नितिशको यसअघि मनीषा पाटिलसँग बिहे भएको थियो। सन् १९९१ मा बिहे गरेका उनीहरू सन् २००५ मा अलग भएका थिए।
यसपछि नितिशले आइएस अफिसर स्मिता गेटसँग बिहे गरेका थिए। ५८ वर्षीय नितिश सत्तारूढ भाजपासँग पनि आवद्ध छन्।