इटहरी । मोरङको कानेपोखरीमा यात्रुबाहक बसले ठक्कर दिँदा इटहरीकी एक महिलाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख ३३७२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४८ प ७२४६ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान कानेपोखरी गाउँपालिका ७ मा ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार इटहरी –८ की ४४ वर्षीया मञ्जु कटुवालको मृत्यु भएको मोरङ प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी मञ्जुको उपचारका क्रममा विराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको हो ।
मोटरसाइकल चालक २१ वर्षीय अमित कटुवाल घाइते भएका छन् । मृतक र घाइते आमा–छोरा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न बस र चालक मोरङको पथरीशनिश्चरे नगरपालिका–२ का ३७ वर्षीय टेकबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।