एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

न्युजलय ३ चैत २०८१, सोमबार ११:३९ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिएको छ । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जनाएको छ । 

कार्यालयका अनुसार यसवर्षको परीक्षामा विद्यार्थीहरुको संख्या ४९ हजार दुई सय ८६ जना बढेर पाँच लाख १४ हजार ७१ रहेको छ । 

कार्यालयले यसवर्षको एसइई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ ।