२०७८ साल माघ ६ गते बिहिबार

नेपालभर गर्मी बढ्यो

न्युजलय २८ असोज २०७८, बिहिबार ०७:५९ मा प्रकाशित

काठमाण्डाै । देशभर गर्मी बढेको छ । पानी पर्न छाडेपछि घाम लागेर जमिन तातेकाले गर्मीको महसुस हुन थालेको हो ।

मौसमविद्का अनुसार बिहीवार काठमाण्डौको अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको थियो । आज सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३५ दशमलव नौ डिग्री सेल्सियस रहेको छ ।

यो क्रम निरन्तर दुई दिनसम्म रहने अनुमान गरिएको छ । पर्सि शनिवारदेखि भने नयाँ मौसमी प्रणाली विकसित हुने भएकाले केही ठाउँमा पानी पर्ने सम्भावना छ । त्यसपछि भने बिस्तारै तापक्रम घट्दै जानेछ ।