घट्यो सुनचाँदीको भाउ

न्युजलय २ माघ २०७८, आइतबार ११:१९ मा प्रकाशित

काठमाण्डौ । आइतबार(आज) सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो । 

महासंघका अनुसार घटेको मूल्य अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ र चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, यता आज तेजाबी सुनको मूल्य समेत तोलामा ३०० रुपैयाँले नै घट्दै ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।