काठमाडौं । क्यानडामा कमेडियन कपिल शर्माको क्याफे रहेको भवनमा केही अज्ञात व्यक्तिले आक्रमण गरेका छन्।
केही राउन्ड गोलीबारी भएको छ। आक्रमणकारी कारमा आएर गोलीबारी गरेको समाचारमा उल्लेख छ। तर घटनामा कोही पनि घाइते नभएको जनाइएको छ।
आतंककारी हरजीत सिंह लड्डीले यस गोलीबारीको जिम्मेवारी लिएका छन्। लड्डी भारतको एनआईएको मोस्ट वान्टेड आतंककारी हुन्। उनी बीकेआईसँग सम्बन्धित छन् ।
स्रोतका अनुसार लड्डीले कपिल शर्माको पुरानो बयानका कारण आक्रमण गरेको बताएका छन्।