‘हिमालयन रोडिज’ आजदेखि प्रसारण हुने

न्युजलय २७ मङ्सिर २०७८, सोमबार ०१:१८ मा प्रकाशित

 काठमाडौँ । ‘हिमालय रोडिज’को चौथो सिजन हिमालय टेलिभिजनमा सोमबार(आज) आजदेखि प्रसारण हुने भएको छ ।

कार्यक्रम हरेक सोमबार बेलुकी ८ बजे प्रसारण हुने छ । यस पटक डिजिटल अडिसनबाट प्रतिस्पर्धी छानेको शोका निर्देशक भने परिवर्तन भएका छन् । 

सिमोश सुनुवारले निर्देशन गर्ने  शोको अन्य फर्म्याट भने पुरानै रहेको छ । शोका होस्ट रेमनदास श्रेष्ठ रहेका छन् भने ग्याङ लिडरहरू लाहुरे, अनुपविक्रम शाही, दिया मास्के र समन श्रेष्ठ छन् ।