हेलिकोप्टर दुर्घटनाः ‘एन्टीमोटम’ विधिबाट शव परीक्षण

न्युजलय २४ साउन २०८१, बिहिबार ०६:१४ मा प्रकाशित

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौरमा बुधबार हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका पाँच वटै  शव पहिचान गर्न केही दिन लाग्ने भएको छ । 

मृतक चिनियाँ नागरिकको ‘एन्टीमोटम’ विधिबाट परीक्षणका निम्ति विवरण संकलन गर्नुपर्ने भएकाले केही दिन लाग्ने त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका फेन्सिक मेडिसिन विभाग प्रमुख डा. गोपालकुमार चौधरीले जानकारी दिए ।

उनका अनुसार, जलेर शव चिन्न नसकिने अवस्थामा छन् । एन्टीमोटम परीक्षणका निम्ति परिवारले नमुना तथा विवरण उपलब्ध गराएपश्चात् ‘म्याचिङ’ थालिनेछ ।

शवको ‘पोस्टमार्टम’बाट मृत्युको कारण मात्र पत्ता लगाउन सकिन्छ । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको प्रस्ट कारण देखिएकाले यसमा एन्टीमोटम विधिबाट विभागले पहिचान प्रक्रिया अघि बढाएको उनले बताए ।