धरानको तीनकुनेमा बस चेकजाँच गर्दा प्रतिबन्धित औषधी सहित पक्राउ

न्युजलय २ कार्तिक २०८०, बिहिबार ०४:२१ मा प्रकाशित

धरान । सुनसरीको धरान उप–महानगरपालिका–८ तीनकुने स्थितबाट प्रतिबन्धित औषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 


बुधबार बेलुका ८ बजे अस्थाई प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरी टोलीले बिराटनगरबाट धरानतर्फ आउदै गरेको प्रदेश न. १–०२–००१ ख ९६३६ नम्बरको बस चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार धरान–९ का २० बर्षीय दिप तामाङको साथबाट प्रतिबन्धित औषधी स्पासमो ५ हजार ट्याबलेट फेला पारी पक्राउ गरेको हो । 


पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।