भिनाजुको हत्या गरेको आरोपमा सोलुखुम्बुमा एक जना पक्राउ

न्युजलय ६ साउन २०८१, आइतबार ११:०७ मा प्रकाशित

सोलुखुम्बु । भिनाजुको हत्या गरेको आरोपमा सोलुखुम्बुमा एक जना पक्राउ परेका छन् ।

थुलुङ दूधकोशी गाउँपालिका–२ देविस्थानका ४५ वर्षीय पूर्णबहादुर बस्नेत पक्राउ परेका हुन् ।

सोही गाउँपालिका–१ नेले बस्ने आफ्नै भिनाजु ६० वर्षीय सुरेश बस्नेतको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

पूर्णबहादुरले आफ्नै घरमा पाहुना आएका सुरेशलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ । सुरेशको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।